देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानीलकण्ठमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल छन् । यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आउँदो वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×