भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश यादवका अनुसार नेपालमा रासायनिक मल कारखाना खोल्न चाहिने सहयोगका बारेमा छलफल हुनेछ।


नेपाल-भारतबीच छलफलको सूची
• जीटुजी विधिबाट रासायनिक मल खरिद 
• रासायनिक मल कारखाना स्थापना 
• कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धन 
• कृषिमा प्राविधिक सहायता 
• नश्ल सुधार गर्न मुर्रा राँगा आयात 
• एकीकृत जाँचचौकी स्थापना 
• खोरेत खोप उत्पादन

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×