आफ्नै भाइ–बहिनी मिलाउन नसक्दा पराजित भएँः शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताए । 

१४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुग्नुभएका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका हुन्। 

कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनित गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने कोइरालाको तर्क रहेको थियो । 

उहाँले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको स्वीकार गरेका छन्। डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उहाँले आफ्नै भाइ–बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए । 

उहाँले अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरे ।  निर्वाचन आयोगले वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकोले आफू अब त्यसमै व्यस्त हुने कोइरालाले बताउनुभयो । तपाई निकटकालाई सभापति शेरबहादुर देउवाले टिकट दिनु हुँदैन होला नि भन्ने प्रश्नमा उहाँले त्यस्तो नहुने जवाफ दिएका थिए । 

विधानमै पराजित उम्मेदवार केन्द्रीय कमिटीमा रहने भन्ने उल्लेख गरिएको भन्दै नेता कोइरालाले केन्द्रीय कमिटीको बैठकमा भने सहभागी हुने संकेत गरेका छन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×