एसिया कप: सुपर फोरमा पुग्न जित्नै पर्ने दबाबमा पाकिस्तान र हङकङ

काठमाडौँ - युएईमा जारी एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ। समूह ‘ए’ अन्तर्गत हुने खेलमा पाकिस्तान र  हङकङ प्रतिस्पर्धा गर्दै छन्। खेल शारजाह क्रिकेट मैदानमा  नेपाली समय अनुसार साँझ पौने ८ मा सुरु हुनेछ।

दुवै टोलीका लागि आजको खेल निकै महत्त्वपूर्ण छ किनकि यही खेलले सुपर फोरमा पुग्ने अन्तिम टोलीको टुङ्गो लगाउनेछ। यो खेलमा जित हात पर्ने टोलीले सुपर फोरमा स्थान पक्का गर्ने छ।

यस समूहबाट विजेताका रूपमा भारत सुपर फोरमा पुगिसकेको छ। पहिलो खेलमा पाकिस्तानले ५ विकेट तथा हङकङले ४० रनको हार व्यहोरेका थिए। दुवै टोली भारतसँग पराजित भएका हुन्।

पाकिस्तान र हङकङले पहिलो पटक टी-२० अन्तर्राष्ट्रियमा एकअर्काको सामना गर्दै छन्। यसअघि भएका ३ एक दिवसीय अन्तर्राष्ट्रियमा भने सबैमा पाकिस्तान विजयी भएको थियो।

त्यस्तै, समूह ‘बी’ बाट अफगानिस्तान विजेता र श्रीलंका उपविजेताका रूपमा सुपर फोर प्रवेश गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×