काठमाडौँ - लोकगायक एवं सर्जक घमन राना मगरको स्वरमा रहेको ‘यो धर्तिमा रहिन भने म’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
मिलन थापाको शब्द रहेको गीतमा पुर्णकला बिसी र राना स्वंयमको स्वर रहेको छ। गीतले मायालु जोडीको प्रेम सम्बन्ध छुट्दा प्रेमजोडीको पिरतीको घर भत्किएको बिषयवस्तुलाई समेट्न खोजेको छ।
गीतमा घमन राना मगर स्वंयमको संगीत रहेको छ। भिडियोमा विमल अधिकारी र हिमा थापा फिचर्ड रहेका छन्। शागर विरहीले छायांकन गरेको सो भिडियोमा विक्रम चौहानले निर्देशन गरेका हुन्।
उक्त गीतको भिडियो बिरही बस्याल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।