रियलले बनायो शीर्षस्थानमा स्पष्ट ६ अंकको अग्रता

काठमाडौँ- स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिगले संघर्षपूर्ण जित निकालेको छ। गएराति भएको खेलमा रियलले ग्रानडामाथि १-० गोल अन्तरले पराजित गरेको हो।

रियललाई जित दिलाउनको लागि मिडफिल्ड मार्का एसेन्सियोको गोल नै निर्णायक गोल बन्यो। उनले ७४औँ मिनेटमा गोल गरेका थिए।

यो जितसँगै रियलले शीर्षस्थानमा स्पष्ट ६ अंकको अग्रता लिएको छ। रियलको २३ खेलबाट ५३ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको सेभियाको ४७ अंक छ । पराजित ग्रानडा २४ अंक जोडेर १६औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×