इजरायलमा ज्यान गुमाएका थप ३ नेपालीको शव पहिचान

काठमाडौं - इजरायलमा हमासको आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।

तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार हमासको आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार पहिचान भएको हो ।

योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुई जनाको शव पहिचानका क्रममा रहेको दूतावासले जनाएको छ । इजरायल सरकारले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी पनि जारी रोखेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज गरिएमध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा छन् ।

अन्य दुई जना घाइतेको भने इजरायलमै उपचार भइरहेको दूतावासले जनाएको छ । १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×