ललितपुर गोदावरीमा ट्याङ्कर ठक्कर, मोटरसाइकल चालकको मृत्यु

५ असोज, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा कैलाली घर भई ठेचोमा बस्ने ४८ वर्षीय कमलसिंह ठकुरीको मृत्यु भएको छ।

बा३क २८४५ नम्बरको ट्याङ्करले बागमती प्रदेश ०२-०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका ठकुरीको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×