चेन्नईले ब्राभोसहित ८ खेलाडीलाई गर्यो बिदा

काठमाडौँ - इण्डियन प्रिमियर लिग (आइपिएल) टीम चेन्नई सुपर किंग्सले वेस्टइण्डिजका भेट्रान अलराउण्डर डवाने ब्राभोसहित ८ खेलाडीलाई रिलिज गरेको छ।

आउदो सिजनको आइपिएलको लागि आज खेलाडी रिटेन र रिलिज गर्ने अन्तिम दिन थियो। सोहि अनुसार चेन्नईले ब्राभोसहित एडम मिल्ने, क्रिस जोर्डन, एन जगदीसन, सी हरि निशान्थ, के भगत बर्मा, केएम आसिफ र रोबिन उथप्पालाई रिलिज गरेको छ। उथप्पाले भने अब आइपिएलनै नखेल्ने गरि रिटायर्ड भएका कारण चेन्नईले रिलिज गरेको उल्लेख गरेको छ।

यसैबीच गत सिजनमा क्लबसँग विवाद भएको भनिएका रविन्द्र जडेजालाई भने चेन्नईले टिममै राखेको छ। गत सिजनमा कप्तान समेत बनेका जडेजाले सिजनको बिचमै लगातारको हारपछि कप्तानबाट राजीनामा दिएका थिए। जडेजाले राजीनामा दिएपछि चेन्नईको कप्तानी पुन: महेन्द्र सिंह धोनीले नै सम्हालेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×