रुसी सेनाले नियन्त्रणमा लिएको खार्किभ फिर्ता गरेको युक्रेनको दाबी

काठमाडौँ - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले रुसी सेनाले नियन्त्रणमा लिएका  देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरु फिर्ता गरेको दाबी गरेका छन्। 

“यस साता हामीलाई सँग खार्किभ क्षेत्रबाट शुभ समाचार आएको छ, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, 'अहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन।' पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि अर्को सफलता प्रदर्शन गरेको पर्यवेक्षकहरुले जनाएका छन्।

युक्रेनले गत हप्तादेखि देशको दक्षिणी भागमा प्रति आक्रमण गरिरहेको छ, जहाँ उसले धेरै गाउँहरू पुनः कब्जा गरेको दाबी गरेको छ। २४ फेब्रुअरीमा युद्ध भएपछि रुसी सेनाले खार्किभ क्षेत्रलाई आंशिक रुपमा कब्जा गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×