औषधि किन्न गएका वृद्धको गोली हानी हत्या

काठमाडौँ- औषधि किन्न गएका वृद्धको गोली हानी हत्या भएको छ। अरेन्ज काउन्टी प्रहरीका अनुसार गत ३० जनवरी आइतबार अपराह्न अचानक आफ्नै कार छेउनिर पुग्दा अमेरिकाको ओर्लान्डो निवासी ७८ वर्षीय युकेन क्युमिङ्स माथि गोली प्रहार भयो र उनको कारको साँचो थुत्तियो। ती क्रुर हत्यारा जोडीले गोली लागेर ढलेको वृद्धलाई उनकै मर्सिडिज कारले किचे। भाग्नु अघि पुन: एकपटक तिनीहरूले उनलाई किचे।

बिहीबार १९ वर्षीय जाभोन्ने मारेस ह्वाइट र २५ वर्षीया जास्मिन भोन्ने मुन्रोलाई प्रहरीले हातहतियार प्रयोग गरी हत्या गरेको र कार चोरी गरेको अभियोग लगाउँदै सार्वजनिक गरेको छ। क्युमिङसकी छोरीले आफ्नो त्यस्तो वृद्ध पितालाई गोली हान्नुपर्ने कारणै नभएको डब्ल्यूएफटीभी च्यानल ९ लाई भनेकी छन्।

क्युमिङ्सको परिवारले उनले २० वर्षदेखि सिल्भर स्टार रोड स्थित पावर्स ड्राइभको सीभीएसमा औषधि लिँदै आएको फक्स ३५ लाई जानकारी दिएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×