अवैध लागूऔषध पाँच केजी गाँजासहित दुई जना पक्राउ 

धादिङ - गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट अवैध लागूऔषध गाँजा ५ केजीसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–४ भुमिढुङ्गा घर भई हाल सोही गाउँपालिका–६ पुकुन बस्ने ७० वर्षीया ठुली माया थोकर र २५ वर्षीय बीर बहादुर तामाङ रहेका छन् । 

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×