काठमाडौँ - नेपाल विद्यालय खेलकुद महासङ्घसँग प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड विद्यालयले शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य गर्ने भएको छ।
इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएसएफ)को समन्वयमा विभिन्न उमेर समूहबीच च्याम्पिसनसीप प्रतियोगिता तथा शैक्षिक गतिविधि सञ्चालन गर्न ती दुई संस्थाबीच सहकार्य हुन लागेको हो। ‘एक राष्ट्र एक सदस्य’ नीतिअनुरूप महासङ्घले आफ्नो नीति र निर्देशानुसार योग्यता पुगेका विद्यालयलाई सदस्यता प्रदान गर्दै आएको महासचिव राजकुमार कार्कीले जानकारी दिए। विश्वका १३१ देश सदस्य रहेको आइएसएफ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको महासङ्घ सदस्य संस्था हो।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको साझेदारी र सहकार्यको औपचारिक घोषणा कार्यक्रममा आइएसएफका अध्यक्ष लरेन्ट पेट्रिङकाले १९औँ आइएस जिन्मासाइड स्कुल समर गेम्स सन् २०२२ लाई गरिमामय तुल्याउन सदस्य विद्यालयको क्रियाशीलता र सहभागिता महत्वपूर्ण हुने बताए। उक्त प्रतियोगिता १४ देखि २२ मेसम्म फ्रान्समा हुँदैछ।