काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाकाे मृत्यु भएकाे छ । काठमाडाैं, झापा, कैलाली र बारामा भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाकाे मृत्यु हाे ।
नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले दिएकाे जानकारी अनुसार काठमाडौं महानगरपालिका १४ कलंकीमा बा ६ ख १४५९ नम्बरको बसले प्र ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई शनिवार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं मनमैजु बस्ने रुकुम बुढाउत्तर गाउँपालिका १० घर भएका २१ वर्षीय संगित बुढामगरको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै, झापा, बाह्रदशी गाउँपालिका ६ साधुकुटीस्थित सडकमा प्र१ ०१–०१४ प ९५३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बाटो छेउको घरमा ठोक्किएर शनिवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका ६ बस्ने २० वर्षीय अभिषेक सुन्दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीकाे भनाइ छ ।
यसैगरी, झापा, मेचीनगर नगरपालिका ९ झोडास्थित सडकमा ज ५ प १७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५४ वर्षीय करण बहादुर खड्काको शनिवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएन्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको आम्दा हस्पिटल धुलाबारीमा उपचार भईरहेको छ ।
कैलाली, गोदावरी नगरपालिका १ धनगढीस्थित सडकमा सुपप्र ०१–००१० प ५८१५ नम्बरको माेटरसाइकल र से ५ प ७१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिवार दिउँसो दुर्घटना हुँदा से ५ प ७१९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय गणेश बलायरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बारा, बारागढी गाउँपालिका ३ खोप्वास्थित सडकमा ना ५६ प ४९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका ६ बस्ने २५ वर्षीय भोला चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।