स्थानीयदेखि सङ्घीय निर्वाचनसम्म गठबन्धन आवश्यक छ : राजेन्द्रलक्ष्मी गैरे

काठमाडौँ - राष्ट्रियसभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताइन्।

आफ्नो सम्मानमा पाल्पाको रामपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) अध्यक्ष ओलीले दम्भ देखाएकै कारण वर्तमान अवस्था सिर्जना भएको हो भनिन्। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहेकी उनले सत्ता गठबन्धन संविधानलाई जोगाउन, लोकतन्त्रलाई बचाउन र विकास निर्माणलाई अगाडि बढाउन भएको स्पष्ट पारिन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×