मन्त्री बुढाद्धारा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र “सनराईज गोदावरी हल” को अनुगमन

ललितपुरको गोदावरीमा रहेको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र “सनराईज गोदावरी हल” को शहरी विकास मन्त्री माननीय धन बहादुर बुढाले स्थलगत अनुगमन गरेका छन । सनराईज हलमा हुने कार्यक्रमहरू सहज रुपमा सञ्चालनलाई थप पार्किंङस्थलको ब्यवस्थापन गर्न र हल वरपर ब्यूटिफिकेसन लगायत अन्य थप भौतिक संरचनाको काम अघि बढाउन मन्त्री आफै झरीमै छाता ओडी गोदावारी पुगेर सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएका हुन।

शभाहल सञ्चालन गर्दै जादॉ सहजताका अति आवश्यक देखिएका केही कामहरू भएकाले मन्त्री सहितको टिम संग समन्वय गरि अनुगमन गरिएको गोदावरी न.पा वार्ड नम्बर ३ का अध्यक्ष सानुराजा घिमिरेले बताए । बर्ष भरिमा सीमित प्रयोग गरेर सभाहल सञ्चालन र व्यवस्थापनको ठूलो खर्च हुने भएकोले यसलाई चुस्त दुरुस्त राख्न कठिन रहेछ । यसले दिने प्रतिफल र सञ्चालनको सहजता र सम्भाव्यता सहितको कार्ययोजना बनाएर अघि बढ्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ (आईसीसी) विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक तेज बहादुर राईले बताए।

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न भन्दै २०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयले यो सभाहल निर्माणको निर्णय गरेको थियो ।शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ३१ वैशाख २०७८ मा निर्माण सम्पन्न गरेको थियो।

शहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक तथा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय प्रमुख मचाकाजी महर्जन, गोदावरी न.पा. का प्रतिनिधि, स्थानियबासी लगायतको उपस्थिति थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×