काठमाडौँ - कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माणमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ। सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियलको छायांकन सुरु गरिएको छ।
निर्माण युनिटले मुहूर्त गर्दै टेलिसियलको छायांकन सुरु गरेको हो। टेलिसिरियलको निर्देशन सरोज दाहालले गर्दैछन्। यसको लेखन पनि दाहालले गरेका हुन्। ‘सहारा’ एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताएकी छिन्।
एउटी विधुवाले समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडामा सहाराको कथा बुनिएको छ। टेलिसिरियलमा प्रज्ञा जोशी, आजे सिंह, सरोज दाहाल, पूर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रियंका दाहालका अभिनय रहनेछ।
प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन रहेको छ।