बंगलादेशमा डुंगा दुर्घटना, मृत्यु हुनेको संख्या ३३ पुग्यो

काठमाडौँ - बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ। दुर्घटनामा अझै केही  वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ। 

खचाखच तीर्थयात्राले भरिएको  उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो। अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ। 

डुंगामा झन्डै १०० जना यात्रु रहेको प्राप्त विवरणहरूमा जनाइएको छ। क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×