साफ यू-२० च्याम्पियनसिप: भारतको जितसँगै नेपाल बाहिरियो

काठमाडौँ - लिग चरणको अन्तिम खेलमा आयोजक भारतले माल्दिभ्सलाई हराएपछि नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ। भुवनेश्वरस्थित कालिंगा रंगशालामा मंगलबार राति भएको खेलमा भारतले माल्दिभ्सलाई १-० गोलले हराएको हो।

भारतको जितमा गुर्किरात सिंहले खेलको अन्तिम समयमा निर्णायक गोल गरेका थिए। यसअघि बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै फाइनल पुग्ने झिनो आशा राखेको नेपाल भारतको जितसँगै बाहिरिएको हो। यदि माल्दिभ्सले भारतलाई हराएको भए नेपाल फाइनलमा पुग्ने थियो।

उपाधि जित्ने लक्ष्यका साथ भारत गएको नेपाली युवा टोलीका लागि लिग चरणको तेस्रो खेलमा भारतसँग ८-० गोलको हार खेल्नुनै महंगो भएको थियो। नेपालले तेस्रो स्थानमा चित्त बुझाएको छ।

फाइनलमा भारत र बंगलादेशबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ। श्रीलंका र माल्दिभ्स पनि बाहिरिएका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×