नेपाली महिला क्रिकेट टोलीकाे पहिलो जित

काठमाडौँ - ‘डेब्यु’ गरिरहेकी हिरनमायी रोयले सानदार बलिङ प्रदर्शन गरेपछि नेपाली महिला क्रिकेट टोलीले युगान्डासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित हात पारेको छ। पहिलो तीन खेल नै हारेर शृंखला गुमाइसकेको नेपालले शुक्रबार चौथो खेलमा युगान्डामाथि १५ रनको विजय नतिजा निकालेकाे हाे। 

अघिल्लो दिनको वर्षाले मैदान भिजेका कारण १८–१८ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपाल १७.५ ओभर खेल्दै ९७ रनमा अलआउट भयो। जबाफमा युगान्डाले निर्धारित पूरा ओभर खेल्दै ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो।

नेपालबाट ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रन बनाइन्। उनले १३ बल खेली ४ चौका प्रहार गरिन्। अर्का ओपनर विन्दु रावलले ३५ बलमा १६ र सीता रानामगरले ११ रन बनाए। उपकप्तान इन्दु बर्मा १, सरिता मगर २, कप्तान रुबिना क्षेत्री १, अप्सरी बेगम ४, डली भट्ट र अस्मिना कर्माचार्यले ६–६ रन बनाए । कविता कुँवर ६ रनमा अविजित रहिन्।

युगान्डाकी कप्तान कोन्की अवेकोले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन्। सराह अकिटेङले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर २ तथा फिओना कुलुमे र जेनेट एमबाबाजीले १–१ विकेट लिए। १५ वर्षीया लेग स्पिनर हिरनमायीले ३ ओभरमा ११ रनमात्र खर्चेर २ विकेट लिएपछि युगान्डा विजय गति रोकिएको थियो। कविता कुँवर, अस्मिना र रुबिनाले १–१ विकेट लिए।

युगान्डाबाट सर्वाधिक २१ रन बनाएकी जेनेटलाई हिरनमायीले बोल्ड गरेकी थिइन्। रिता नयनगेन्डो र इभेलिन एनिइपोले १६–१६ तथा केभिन अविनोले ११ रन बनाएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×