काठमाडौं । बंगलादेशमा कोटा प्रणालीविरुद्धको आन्दोलन चर्किएको छ । विद्यार्थीहरुले आन्दोलनलाई चर्काइरहँदा सरकारी पक्ष भने आन्दोलनलाई दबाउन खोजेको छ। आन्दोलनमा कम्तिमा १७ जनाको मृत्यु भइसकेको छ ।
सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्याली गर्दै आएका छन्।
निजामति सेवाका प्रावधान र जागिरको ग्यारेन्टीको माग गर्दै भएको प्रर्दशनमा परि कम्तिमा १७ जनाको मृत्यु भएको सञ्चार माध्यामहरुले जनाएका छन्।
सरकारले प्रर्दशनलाई कमजोर पार्न टेलिफोन र इन्टरनेट सेवा बन्द गरिदिएको छ भने हजारौं विद्यार्थीहरु ढुङ्गा र लाठि लिएर प्रर्दशनमा निस्किएका छन्।सरकारको अवरोधकाबीच प्रर्दशनमा आएका विद्यार्थीहरु र प्रहरीबीच झडप हुँदा प्रर्दशनमा अप्रिय घटना घटेको हो। सो क्रममा प्रहरीले गोली चलाउदा ११ जनाको प्रर्दशन स्थलमै मृत्यु भएको बताइएको छ। भने कम्तिमा १७ जनाको प्रर्दशनका क्रममा मुत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन्।
साथै, प्रहरीको गोली लागि एक जना बस चालकको समेत मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।त्यसैगरी, ढाकाको दक्षिणपूर्वमा रहेको सहर नारायणगञ्जमा दुई जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।प्रर्दशनमा प्रहरी दनमन हुँदा हजारौं घाइते भएका छन्।
बंगलादेशका सायक सूचना प्रविधि मन्त्री जुनैद अहमद पलकले सामाजिक सञ्जालमा विभिन्न अफवाहहरू र अस्थिर अवस्था सिर्जना भएको कारण, सो रोक्न मोबाइल इन्टरनेट अस्थायी रूपमा बन्द गरिएको बताए।
बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ।त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ। प्रर्दशनमा संलग्न विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन्।
राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन्। यसमा विशेषगरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लीग ९बीसीएल० पनि संलग्न देखिएको छ।