भारत। बलिउड अभिनेत्री आलिया भट्टको बहुप्रतिक्षित चलचित्र 'गंगूबाई काठियावाडी' आज (२५ फेब्रुअरी)बाट प्रदर्शनमा आएको छ। सामाजिक सञ्जालमार्फत प्रशंसकहरुले चलचित्रको नकै प्रशंसा गरेका छन्। त्यसैगरि चलचित्रलाई समिक्षकले पनि राम्रो प्रतिक्रिया दिएका छन्। संजय लीला भंसालीको निर्देशनमा बनेको चलचित्रले प्रशंसा त पाएको छ नै सँगै एक झट्का पनि खाएको छ। खासमा चलचित्र 'गंगूबाई काठियावाडी' लाई तमिलरकर्सले अनलाइनमा लिक गरिदिएका छन्। खबरका अनुसार चलचित्र एचडी प्रिन्टमा लिक गरिएको हो। यो कुराले चलचित्रको व्यापारमा असर पुग्ने देखिन्छ।