भारत। भारतले सन १९८३ जितेको विश्वकप क्रिकेटको कथा बोकेको चलचित्र '८३' प्रदर्शनको तयारीमा रहेको छ। कबीर खानले निर्देशन गरेको यस चलचित्रमा दीपिका पादुकोण, कबीर खान, विष्णु वर्धन इंदुरी, साजिद नाडियाडवाला, फेन्टम फिल्म्स र् रिलायन्स इन्टरटेनमेन्टले निर्माण गरेका हुन्। चलचित्रमा रणवीर सिंह, दीपिका पादुकोण, ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशांत दहिया, हार्डी संधू, साहिल खट्टर, अम्मी विर्क, आदिनाथ कोठारे, धैर्य करवा, आर बद्री र पंकज त्रिपाठीको अभिनय रहेको छ। रणवीर सिंहले चलचित्रमा भारतीय क्रिकेटर कपिल देवको भूमिका निभाएका छन्। खबरका अनुसार उनले उक्त भूमिकाका लागी २० करोड पारिश्रमिक लिएका छन् र नाफाको पनि शेयर मागेका छन्। १ सय २५ करोडमा निर्माण भएको चलचित्र डिसेम्बर २४बाट टुडी र थ्रीडीमा प्रदर्शन हुनेछ।
.png)
.png)
.png)
.png)
.png)
.png)
.jpg)

