काठमाडौँ l गायक कृष्ण काफ्लेको आवाज रहेको गीत 'राजनीति चल्दैन' सार्वजनिक भएको छ l गीतमा लोक राज अधिकारीको शब्द रहेको छ भने अर्जुन पोख्रेलको लय सिर्जना र रिदम कँडेलको संगीत संयोजन रहेको छ l निशान घिमिरेको निर्देशनमा तयार भएको गीतको भिडियोमा वर्षा सिवाकोटी , सुधीर श्रेष्ठ र रोशन केसीको अभिनय रहेको छ l गीतको भिडियो 'कृष्ण काफ्ले' युट्युब च्यानलमा उपलब्ध छ l
भिडियो: