काठमाडौँ - गुल्मीमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन्। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गएराती रेसुङ्गा नगरपालिका-४ अर्खलेमा जीप दुर्घटना भएको हो।
१० जना यात्रु लिएर बुटवलबाट गुल्मीको अर्जेतर्फ गएको लु १ ज ४४४८ नम्बरको जीप तम्घास-सिमलटारी सडक खण्ड अन्तर्गत अर्खलेमा दुर्घटना हुँदा रुपन्देही बुटवल-१४ कि ३५ वर्षीया देवकला अर्याल र जिप चालक २६ वर्षीय कृष्ण सुनार घाइते भएका छन्।
उनीहरूलाई उद्दार गरी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याइएको छ।