काठमाडौँ। अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा यतिबेला प्रदर्शनको तयारीमा रहेको आफ्नो चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रचारप्रसारमा लागेका छन्। आउँदो शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारका क्रममा शनिबार बिहान वृक्षारोपण कार्यक्रम समेत गरिएको छ। सोहिक्रममा पल र पुजाले वृक्षारोपण गरेका हुन्।
उनीहरूले उक्त वृक्षलाई नाम पनि दिएका छन्। चलचित्रमा पूजा शर्माले छायाँ नामको पात्रको भूमिका निभाएकी छिन्। त्यसैले उनले रुखको नाम पनि छायाँ नै राखेकी छिन्। पलले भने वृक्षको नाम ‘म यस्तो गीत गाउँछु’ राखेका छन्।
फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा पल र पूजासँगै दिनेश डिसी पनि मुख्य भूमिकामा रहेका छन्। चलचित्र सुदर्शन थापाको निर्देशनमा तयार भएको हो।