सिङ्गै मुसहर बस्तीमा खानेपानी अभाव

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव छ। दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) छैन।

स्थानीयवासी सिकिन्दर सदा मुसहरले सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालय जाने गरेका जानकारी दिए। स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहरनीले आफूहरू यहाँ चार पुस्तादेखि बस्दै आएकामा अहिलेसम्म निजी खानेपानी पाइप जोड्न नसकेको बताए। स्थानीयवासी तेतरी सदाले मुसहरसँग आफ्नो खानेपानी पाइप नरहेको अवस्थामा बस्ती नजिकै रहेको अन्य जातीको पाइपमा पानी ल्याउन जाँदा दलित भन्दै पानी भर्न नदिने, पाइपको किल्ली (नटबाल्टु) निकालेर राखिदिने र कहिलेकाँही छोइए गालीगलोजसमेत गर्ने गरेको बताए।
    
स्थानीयवासी रामसखी सदाले बालबालिका पनि पानीका लागि अरुको पाइपमा जाँदा कुटपिट गरिदिने, गाली गरिदिने कारण कुनै दिन अरु आफूलाई ठूला जात भन्नेसँग ठूलो झगडासमेत गर्ने गरेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×