सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल

काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सशहस्त्र प्रहरी बल नेपालको २१ औँ  स्थापना दिवस समारोहलाई सम्बाेधन गर्दै उहाँले राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउने सन्दर्भमा सदैव लगनशील रहेको स्पष्ट पारे ।

उनले सशस्त्र प्रहरीले सुरक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकरी पनि दिए । सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न, शान्तिसुरक्षा अमनचयन कायम गरी सशासन कायम राख्न सबै सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरी सधैँ तल्लीन रहेको बताए ।

उनले सीमा सुरक्षा राजस्व सङ्कलनमा सहयोग, विपद् उद्धार तथा व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण संरचना तथा रेल्वे सुरक्षामा सशस्त्र प्रहरीले अहम् भूमिका खेल्दै आएको उल्लेख गरे । लैङ्गिकमैत्री वातावरण, भ्रष्टाचारमा शून्य सहलशीलता, मानवअधिकारको सम्मान संरक्षण गर्दै सरकारका नीतिलाई प्रभावकारी कार्यान्वयन गराउन सशस्त्र प्रहरी कटिबद्ध रहेको पनि उनले बताए ।

भविष्यमा आइपर्न सक्ने चुनौतीलाई निरन्तर विश्लेषणमार्फत स्रोतसाधनको अधिकतम परिचालन गरी पेशागत निर्वाह गरिरहेको जानकारी दिए ।

समारोहमा उत्कृष्ट वाहिनी र सशस्त्र प्रहरीलाई सम्मान गरिएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×