काठमाडौं । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । ११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बिहीवार भएको मतदानमा काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए ।
गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि मतदान भएको थियो । अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए । निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल विजयी भएका छन् ।