पर्सा - पर्सामा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो।
खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएको स्थानीयबासीहरुले बताएका छन्। स्थानीयहरुका अनुसार उनलाई उपचारको लागि नारायणी वयोधा अस्पताल लगिएको थियो। वीरगञ्जतर्फ उपचारका लागि लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।