जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ 

दाङ - तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ५१ वर्षीय तोभान केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा केसीसमेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ८ सय ८० रूपैयाँ र १ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×