बलिउड अभिनेता मिथुनलाई मिर्गौलाको पत्थरी

काठमाडौँ- यतिबेला बलिउड अभिनेता मिथुन चक्रवर्तीको एक तस्बिर 'भाइरल' छ। तस्बिरमा उनी अस्पतालको खाटमा देखिन्छन्। भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार अभिनेता मिथुन केही दिन अघि मिर्गौलाको पत्थरीका कारण अस्पताल भर्ना भएका थिए। हाल उनी अस्पतालबाट डिस्चार्ज भएर घरमा आराम गर्दैछन्।

अस्पतालबाट तस्बिर बाहिरिएसँगै उनका छोरा मिमोह चक्रवर्तीले उनको स्वास्थबारे जानकारी गराएका छन्। उनलाई पेट दुख्ने र ज्वरो आएपछि बेंगलुरुको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता मिथुन पछिल्लो समय फिल्म ‘द कश्मीर फाइल्स’ मा देखिएका थिए। विवेक अग्निहोत्रीले निर्देशन गरेको फिल्ममा मिथुनसँगै अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशी भाषा सुन्बली लगायत कलाकारको अभिनय छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×