अक्षय कुमारको चलचित्र ‘बच्चन पाण्डे’को सुटिङ सेटमा आगलागी

भारत। बलिउड अभिनेता अक्षय कुमारको आउँदो चलचित्र ‘बच्चन पाण्डे’को सुटिङ सेटमा शनिबार आगो लागेको छ। सञ्चार माध्यमका अनुसार चलचित्रको सुटिङ करिब-करिब सकिइसकेको थियो। निर्माण पक्ष् पेचवर्कमा काम गरिरहेको थियो।

अक्षयकुमार र अभिनेत्री कृति सेनन पेचवर्कको सुटिङमा ब्यस्त भइरहेकै बेला सेटमा आगलागी भएको हो। आगलागी चाडैं नियन्त्रण भएको थियो। चलचित्रको सेटमा के कति क्षति भयो भन्ने कुराको आधिकारिक विवरण भने अहिले बाहिर आइसकेको छैन।

चलचित्रमा अक्षय र कृतिको अलवा ज्याकलिन फर्नान्डिज पनि मुख्य भूमिकामा रहेकी छिन्। अक्षय अब चलचित्र ‘सेल्फी’ को सुटिङमा ब्यस्त हुनेछन् । जसमा इमराम हाशमी पनि मुख्य भूमिकामा देखिनेछन्।


राज मेहता निर्देशक रहने फिल्म अरुणा भाटिया, हिरु यस जौहर, सुप्रिया मेनन लगायतले बनाउन लागेका हुन् । फिल्म २०२२ मा फिल्म हलमा आउनेछ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×