आई लिग खेल्न एन्जिला, साम्बा र गीता भारत जाँदै

काठमाडौँ - भारतीय महिला फुटबलको आई लिग खेल्न नेपाली राष्ट्रिय महिला टोलीका ३ जना खेलाडी भारत प्रस्थान गरेका छन्।

राष्ट्रिय महिला टोलीकी गोलरक्षक एवम् कप्तान एन्जिला तुम्बापो सुब्बासहित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र डिफेन्डर गीता राना आज राति भारत प्रस्थान गर्दै छन्। एन्जिला र गीता सेथु एफसीसँग आबद्ध रहँदा सावित्रा गोकुलम केरलाबाट खेल्ने छिन्।

आई लिगमा सावित्राको यो तेस्रो सिजन हो। यसअघि सावित्रा र अनिता बस्नेतले सन् २०१८/१९ को सिजन सेथु एफसीबाटै खेलेका थिए। उनीहरूकै प्रदर्शनका आधारमा क्लबले भारतीय वुमन्स लिगको उपाधि जितेको थियो। सावित्राले सन् २०१९/२० को सिजन गोकुलम केरलाबाट खेल्दै क्लबलाई उपाधि जिताएकी थिइन्। एन्जिला र गीताले पहिलो पटक आई लिग खेल्न लागेका हुन्।

भारत प्रस्थान गर्नु अघि एन्जिलाले आई लिगमा खेल्ने अवसरले आफूलाई थप अनुभवी बनाउने बताइन्।

‘पहिलो पटक आई लिग खेल्नका लागि भारत जाँदै छौं। अझै अनुभवको कमी छ। आई लिगको अनुभव महत्वपूर्ण हुन्छ भन्ने लागेको छ‚’ उनले भनिन्‚ ‘आई लिग खेलेर आएपछि सिकेका नयाँ कुरा नेपाली फुटबलमा उपयोग हुनेमा विश्वस्त छु।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×