परासी - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभएको हो। उनले साहनीलाई ८६ मतान्तरले पराजित गरेका हुन्। गुप्ताले ४ हजार ३ सय ८१ तथा साहनीले चार हजार २ सय ९५ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भएकी छन्। माओवादी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उनी निर्वाचित भएकी हुन्। अन्सारीले ३ हजार ६ सय ९८ तथा कोंहारले तीन हजार १ सय ८५ मत प्राप्त गरेका छन्।
कूल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ। कांग्रेस वडा नं १ र ४, माओवादी केन्द्र वडा नं र ३, ५ र ६ तथा लोसपा वडा नं २ मा विजयी भएको छ।