मानवसेवा आश्रमकाे पुस १५ बाट महाकाली–मेची यात्रा

चितवन । मानवसेवा आश्रमले यही पुस १५ देखि महाकाली–मेची यात्रा सुरु गर्ने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। जाडो महिनामा सडक किनारमा धेरै मानिसले रात बिताउने गरेका भन्दै अधिकारीले उनीहरुको उद्धारका लागि महाकाली–मेची यात्रा सुरु गर्न लागेको बताए । “हामीले गत वर्ष मेचीबाट यात्रा सुरु गरेका थियौँ, त्यसबेला हामीले सडकबाट ७५० जनाको उद्धार गरेका थियौँ”, अधिकारीले भने, “यस वर्ष महाकालीबाट यात्रा सुरु गर्दैछौँ । हाम्रो यात्रा १७ दिनमा पूरा हुन्छ ।”

यात्राका क्रममा राजमार्ग छेउमा पर्ने स्थानीय तहहरूसँग मानवताका बारेमा र सहयोगापेक्षी सडक मानवका विषयमा अन्तक्र्रिया गरिने अधिकारीले बताए । महाकाली– मेची यात्राका लागि दुईवटा टोली निर्माण गरिएको भन्दै उहाँले मुख्य टोलीमा १५ जना सहभागी हुने जानकारी दिए । “हाम्रो १५ जनाको टोलीले पूर्वपश्चिम राजमार्ग र नजिकैका मुख्य बजार क्षेत्रमा यात्रा गर्नेछ”, अधिकारीले भने, “अर्को टोलीले राजमार्गबाट उत्तरतर्फ भएका काठमाडौँ, पोखरालगायतका सहरमा यात्रा गर्दै सहयोगापेक्षी सडक मानवको उद्धार गर्नेछ ।”

महाकालीबाट मेचीसम्मको यात्राका क्रममा राजमार्ग वरिपरिका मानवसेवा आश्रमका विभिन्न ११ वटा जिल्ला शाखाको भ्रमणसमेत गरिने अधिकारीले बताए । सडक किनारबाट उद्धार गरिएका सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेर जिल्ला शाखामा व्यवस्थापन गरिने अधिकारीले बताए । मानवसेवा आश्रमले देशका सातवटै प्रदेशका १७ जिल्लामा २५ वटा शाखा सञ्चालन गरेको छ ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×