डिकमान पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित

झापा - नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले आज तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ।

फोनिजको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा डिकमान विरही पत्रकारिता पुरस्कारबाट भीमा शिवाकोटी तथा उदीयमान पत्रकारिता पुरस्कारबाट विष्णुकुल श्रेष्ठ र गङ्गा बेघा पुरस्कृत भएका छन्।

डिकमान सुनुवार पत्रकारिता पुरस्कार झापाका प्रतिष्ठित दिवङ्गत पत्रकार डिकमान विरहीको स्मृतिमा फोनिजले स्थापना गरेको हो। रेडियोकर्मी पत्रकार शिवाकोटीलाई प्रदान गरिएको यो पुरस्कारको नगद राशि रु २५ हजार रहेको छ।

यसैगरी डिकमान विरही उदीयमान पत्रकारिता पुरस्कारको नगद राशी रु पाँच हजार रहेको छ। फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवानले पुरस्कार वितरण परम्पराले झापाली पत्रकारिताका आदर्श व्यक्तित्व स्वर्गीय डिकमान विरहीको योगदानको कदर भएको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×