भारत। बलिउड अभिनेत्री यामी गौतम र प्रतीक गांधी एकसाथ एक चलचित्रमा देखिने भएका छन्। खबरका अनुसार चलचित्रको नाम 'धूम धाम' रहेको छ। चलचित्रलाई ऋषभ सेठीले निर्देशन गर्नेछन्। चलचित्र 'धूम धाम'को छायांकन मुम्बईका बिभिन्न ठाउँमा गरिनेछ। चलचित्रको छायांकन मार्चबाट सुरु हुने सम्भावना रहेको छ।