`रक्तक्यान्सरपीडित बालकको उपचारमा समस्या

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० वर्षीय बालकको उपचारमा समस्या भएको छ। काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पतालमा भर्ना भएका निश्चल विश्वकर्माको उपचारमा अर्थाभाव भएको हो। पुस २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म रु छ लाखभन्दा बढी खर्च भइसकेको आमा चन्द्रकुमारी विकले बताइन्।

“बोनम्यारो प्रत्यारोपण गर्दा आइसीयूमा राख्नुप¥यो भने रु २५ देखि रु ३० लाख र आइसीयूमा राख्न नपरे रु २० देखि २५ लाख आवश्यक पर्ने चिकित्सकले भन्नुभएको छ”, उनले भनिन्, “आफूसँग भएको, विदेशबाट श्रीमान्ले पठाएको र आफन्तबाट ऋण गरेर रु छ लाख खर्च गरिसकेँ।” थप उपचार र बोनम्यारो प्रत्यारोपण गर्ने खर्च जुटाउन नसकेर विक परिवार समस्यामा परेका छन्। निश्चलका बुवा मदन रोजगारीका लागि कुबेतमा छन्। विक परिवार गाउँमा खेती किसानी र ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए।

निश्चलको उपचारका लागि आर्थिक सहयोग जुटाउन रुमका उदयकुमार बुढाथोकी संयोजक र भूपेन्द्र नेपाली सहसंयोजक रहेको ‘निश्चल बचाऊ अभियान’ सुरु भएको छ। स्वदेश तथा विदेशमा रहेका म्याग्देली, नेपाली र सहयोगी मनहरूलाई अपिल गरेका छन्। निश्चलकी आमा चन्द्रकुमारीको नाममा मेगा बैंकमा १४२००५००१५४७९ नंको खाता खोलिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×