काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा लगानी भित्राउनका लागि आवश्यक वातावरण बनाउन कानूनी सुधार भइरहेको बताएकी छन् ।
आइतबार सिंहदरबारमा विभिन्न देशका प्रतिनिधिहरूसँग अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना प्रविधिको विषयमा छलफल गर्दै मन्त्री शर्माले वैशाख १६ र १७ गने हुने लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका साथै स्वदेशी लगानीकर्तालाई समेत एकै ठाउँ राखेर छलफल गरिने भन्दै सहज रूपमा लगानी गर्न आवश्यक कानुनी सुधार भइरहेको बताएकी हुन् ।
उनले सूचना प्रविधिको क्षेत्रमा लगानी भित्राउन र आफ्ना संस्थाहरूमार्फत नेपालमा लगानीको पहल गर्न आह्वान गर्दै सरकार लगानीका लागि सहजीकरण गर्न र विश्वासको वातावरण तयार गर्न प्रतिबद्ध रहेको धारणा राखिन् ।