इस्लामिक समूहको विरोधपछी सनी लियोनीले पाईनन् बंगलादेशको ‘वर्क परमिट’

भारत। बलिउड अभिनेत्री सनी लियोनीले पुन: एकपटक बंगलादेशको ‘वर्क परमिट’ पाउन सकिनन्। उनले यसअघि सन् २०१५ मा पनि ‘वर्क परमिट’ पाएकी थिईनन्। उक्त अनुमति नपाएपछि उनी आउँदो चलचित्र ‘सोल्जर’को छायांकनका लागी बंगलादेश जान नपाउने भएकी छिन्। जसका कारण चलचित्रको छायांकनमा समेत प्रभाव परेको छ।

उनको यो पहिलो बंगलादेशी चलचित्र हो। मिनिष्ट्री अफ इनफर्मेसन एण्ड ब्रोडकास्टिङ बंगलादेशले उनलाई ‘वर्क परमिट’ दिन अस्वीकार गरेको छ। उनलाई परमिट किन नदिईएको भन्ने कारण भने खुल्न सकेको छैन।

बंगलादेशका केहि इस्लामिक समूहहरुले उनलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेको बताईएको छ। खबरका अनुसार सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए इस्लामिक समूहले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सनीबाहेक चलचित्र ‘सोल्जर’का अन्य कलाकारलाई बंगलादेशले अनुमति दिएको छ। शमीम अहमद रोनीको निर्देशन रहेको चलचित्रका लागी सनीबाहेक १० कलाकारलाई ६ मार्चदेखि सेप्टेम्बर ४ सम्मका लागि  बंगलादेश सरकारले ‘वर्क परमिट’ दिइसकेको छ।

यसअघि सन् २०१५ मा पनि एक कार्यक्रममा सहभागिता जनाउन बंगलादेश जाने तयारीमा रहेकी सनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिएको थिएन। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×