यू –१९ विश्वकपः नेपालद्वारा बंगलादेशलाई १ सय ७० रनको लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन मात्रै जोड्यो ।

बंगलादेशविरुद्ध निरीह देखिएको नेपाली ब्याटिङमा विशालविक्रम केसी र कप्तान देव खनालबाहेक अरुले उल्लेख्यनीय योगदान पुर्‍याउन सकेनन् । विशालले टिमको खातामा ४८ रन थपे । २९-३ को अवस्थामा ब्याटिङ गर्न आएका विशालले कप्तान देवसँग चौथो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए । देवले टिमको खातामा ४८ रन थपे । सुवास भण्डारीले १८ र ओपनर अर्जुन कुमालले १४ जोडे ।

१४२–९ को अवस्थाबाट अन्तिम विकेटका लागि सुवास र दुर्गेश गुप्ताले २७ रनको साझेदारी गर्दै नेपाललाई १६९ रनको स्कोरसम्म पुर्‍याएका थिए । दुर्गेशले नौ रन जोडे ।

नेपालका आकाश त्रिपाठी, गुल्सन झा, दीपक बोहरा र दीपेश कँडेल समान तीन रन जोडेर आउट भए । विपीन रावलले दुई रन थप्दा आकाश चन्द ‘गोल्डेन डक’ भए ।

बंगलादेशका रोहनात डोउल्लाह बोर्सोनले चार विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले दुई मेडन फ्याक्दै १९ रन खर्चिए । सेख पाइभेज जिबोनले तीन विकेट लिए । इक्बाद हुसैन इमोन, मरुफ मृधा र जिसान आलमले समान एक विकेट लिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×