दिनहुँ नयाँ कीर्तिमान बनाउँदै कान्तारा

काठमाडौँ - कान्ताराले दिनहुँ नयाँ कीर्तिमान बनाइरहेको छ। अब यो हालै केजीएफ च्याप्टर १ लाई उछिन्दै कन्नड उद्योगको दोस्रो सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ।

हालै फिल्मले विश्वभर २५० करोड भारुको कलेक्सन गरेको छ। कान्तारा अघि केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ ले मात्र २५० करोड भारु कमाएको थियो।

अब समग्र आम्दानीको हिसाबले केजीएफ च्याप्टर २ मात्र कान्ताराभन्दा अगाडि रहेको छ। केजीएफ च्याप्टर २ को कीर्तिमान तोड्न लगभग असम्भव हुने भए पनि सानो बजेटको फिल्म भए पनि यति ठूलो कलेक्सन गर्नु आफैमा कीर्तिमान हो।

ऋषभ शेट्टी स्टारर फिल्मले हालै २५० करोडको आँकडा पार गरेको छ। अहिले फिल्मको कुल कमाई लगभग २५१ करोड भारु पुगेको छ, जुन केजीएफ च्याप्टर १ भन्दा बढी हो। जब कान्तारा रिलिज भयो त्यतिबेला यसको कमाई निकै सुस्त थियो तर बिस्तारै फिल्म कमाईको हिसाबले अगाडि बढ्यो।

आईएमडीबीमा उत्कृष्ट रेटिङ प्राप्त गर्ने सन्दर्भमा कान्तारा पहिलो साबित भएको छ। ईएमडीबीमा उत्कृष्ट रेटिङ प्राप्त गर्ने सर्वोत्कृष्ट भारतीय चलचित्र बनेको कान्ताराले यहाँ पनि कीर्तिमान बनाएको छ। यसअघि यो कीर्तिमान केजीएफ २ को नाममा थियो।

कन्नड भाषामा फिल्मको दमदार प्रदर्शन देखेर फिल्मका निर्माताले अन्य भाषामा पनि रिलिज गरेका छन्। फिल्मले अहिलेसम्म हिन्दी भाषामा मात्रै ३१.७ करोड रुपैयाँ कमाएको छ, यो संख्या हालै रिलिज भएका धेरै हिन्दी फिल्मको कलेक्शनभन्दा बढी हो। हिन्दी बाहेक, यसलाई तमिल र तेलुगुमा पनि डब गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×