फिल्म ‘राधा’ चीनमा प्रदर्शन हुने, दूतावासले माग्यो फिल्म

काठमाडौँ - सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ नेपाल रिलिजअघि नै चीनमा प्रदर्शन हुने भएको छ। ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा फिल्मलाई देखाइन लागिएको हो।

चाइना पर्फमेन्स इन्डस्ट्री एसोसिएसनले आयोजना गर्ने बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ मा ‘राधा’ले प्रदर्शनको मौका पाएको हो। महावाणिज्य दूतावासका अनुसार साउन ३० गते फिल्म प्रदर्शनको तयारी रहेको छ।

नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभलको आयोजक समितिले राधालाई छनोट गरेको दूतावासद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ। दूतावासले फिल्म निर्मातासँग फिल्मको पूर्ण स्क्रिप्ट र सारांश भिडियो पनि मागेको छ।

कार्यवाहक महावाणिज्यदूत कुञ्जन शाहद्वारा प्रेषित पत्रमा फिल्मले चीनमा नेपाली फिल्मका लागि बजार खोजी गर्ने आशा लिइएको उल्लेख गरेका छन्। सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘राधा’ नेपालमा चाहिं भदौ १० गते प्रदर्शन तयारीमा रहेको छ।

फिल्मले हराएका पतिको खोजीमा निस्किएकी सिंगल मदरको कथा भन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×