काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीन दिने भ्रमण गर्न लागेका छन् ।
प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य शुरू गरेको छ । देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ ।
पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिकमा बेलायत पुगेका थिए ।