काठमाडौं । संघीय संसद्अन्तर्गत आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे समितिको हलमा बस्ने भएको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।