काठमाडौं — नेपालले एसीसी यू–१९ एसिया कपमा लगातार तेस्रो हार व्यहोर्दै अफगानिस्तानसँग ६ विकेटले पराजित भयो। नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपाल समूह बी मा तीन खेलमा हार व्यहोर्दै जितविहीन रह्यो। श्रीलंका विजेता र बंगलादेश उपविजेता भएर सेमिफाइनलमा पुगेका छन्।