गोरखाको धार्चेमा पहिरो: एकै घरका ५ जना बेपत्ता

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले पुरिँदा एकै घरका ५ जना बेपत्ता भएका छन्।। बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् ।

आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए।

पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×