प्रेमगीत-३ को भारत प्रमोशन अभियान सुरु

काठमाडौँ - आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीतले महाराष्ट्रबाट भारतमा पनि प्रमोशन सुरु गरेको छ। चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले आगामी केही दिन भारतमा चलचित्रको प्रमोशन गरिने जानकारी दिएका छन्।

चलचित्र प्रेम गीत ३ भारतमा  ‘विश्वजितम’ नामबाट प्रदर्शन हुनेछ। विश्वजितमको ट्रेलर प्रिमियर केही दिनमा नै सार्वजनिक गरिने निर्माता सेनले बताएका छन्। सेन र छेतन गुरुङको निर्देशन रहेको यो चलचित्र ‘प्रेमगीत’कै निरन्तरता हो।

चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओले वितरण गर्दैछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×