काठमाडौँ - राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान पौडेललाई शुक्रबार कप्तानको जिम्मेवारी दिएको हो.
जबर्जस्तीकरणी अभियोग लागेपछि क्यानले कप्तान सन्दीप लामिछानेलाई गत २३ भदौमा निलम्बन गरेको थियो। सन्दीप निलम्बनमा परेपछि कप्तान पद रिक्त रहेको थियो। क्यानले कात्तिक २८ गतेदेखि युएईसँग हुने अन्तर्राष्ट्रिय सिरिजका लागि रोहितको कप्तानीमा नयाँ टोलीसमेत घोषणा गरेको छ।